Kathmandu Press

माओवादीले टुंगो लगायाे राष्ट्रियसभा सदस्यका उम्मेदवार, काेकाे परे?

आइतबार बसेको पदाधिकारी बैठकले आफ्नो भागमा परेको सिटका लागि ६ जनाको नाम टुंगाे लगाएको हो। 
माओवादीले टुंगो लगायाे राष्ट्रियसभा सदस्यका उम्मेदवार, काेकाे परे?

काठमाडौं, पुस २२ : माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवारहरु टुंगो लगाएको छ। 

आइतबार बसेको पदाधिकारी बैठकले आफ्नो भागमा परेको सिटका लागि ६ जनाको नाम टुंगाे लगाएको हो। 

Hardik ivf

एक पदाधिकारीका अनुसार कोशीमा चम्पादेवी कार्की, वाग्मतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द उम्मेदवार हुने भनी नाम टुंग्याइएकाे छ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ।

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्