Kathmandu Press

इन्द्रजित राईको निवेदनमा सर्वोच्चले मगायो ‘कैफियत प्रतिवेदन’  

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा राखिएका राईले दिएको निवेदनमा आइतबार कैफियत प्रतिवेदन माग्ने आदेश भएको हो।
इन्द्रजित राईको निवेदनमा सर्वोच्चले मगायो ‘कैफियत प्रतिवेदन’  

काठमाडौं, पुस २२ : सर्वोच्च अदालतले एमाले नेता एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईको बिषयमा उच्च अदालत पाटनबाट कैफियत प्रतिवेदन मगाएको छ। 

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा राखिएका राईले दिएको निवेदनमा आइतबार कैफियत प्रतिवेदन माग्ने आदेश भएको हो। सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश दिएको हो। उक्त प्रकरणमा उच्च अदालतबाट कैफियत प्रतिवेदन प्राप्त भएपछि थप सुनुवाई अघि बढ्ने भएको छ।

Hardik ivf

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश सदर गर्दै अभियुक्तमध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझी, द्वन्द्व विज्ञ राईसहित ९ जनालाई थुनामै पठाएको थियो। पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई भने ३० लाख रुपैयाँ धरौटी तारिखमा छाडिएको थियो। 

थुनामा पठाइएकामध्ये पूर्व सांसद आङटावा शेर्पा, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माले उच्च अदालतको आदेश बेरितको रहेको बताउँदै सर्वोच्च पुगेका छन्।

सर्वोच्चले यसअघि पूर्वमन्त्री रायमाझी, पूर्व सांसद शेर्पा र सचिव पाण्डेको निवेदनमा पहिलो सुनवाइ गर्दै  कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ। अभियोग लागेका ३० प्रतिवादीमध्ये १२ जना हालसम्म फरार छन्। 
 

प्रकाशित मिति: १४:५५ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्