एमालेले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमममा उम्मेदवार टुंगाे लगायाे, काेकाे परे?
राष्ट्रियसभा चुनावका लागि पुस २३ मा उम्मेदवारी दर्ताको कार्यक्रम छ।
काठमाडौं, पुस २२ : एमालेले चार प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार टुंगाे लगाएकाे छ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १९ पदमै उम्मेदवारी दिने निर्णय गरेकाे एमालेले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको हाे। राष्ट्रियसभा चुनावका लागि पुस २३ मा उम्मेदवारी दर्ताको कार्यक्रम छ।
वाग्मतीमा दाेलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको एमालेको वामती प्रदेश उपसचिव भक्त लामाले जानकारी दिइन् ।
कर्णाली प्रदेशमा मुगुका डिल्लीराज भट्ट, दैलेखका हिक्मत विक र हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको जनाइएकाे छ।
सुदूरपश्चिम प्रदेशमा पनि तीनै सिटमा एमालेले उम्मेदवार टुंगाे लगाएकाे छ। जसमा कैलालीका सावित्रा घिमिरे र रामचन्द्र जोशी तथा कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको साेही प्रदेशका एक नेताले बताए।
गण्डकी प्रदेशमा बागलुङका मोहनलाल शर्मा, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी सम्झना देवकोटा उम्मेदवार बन्ने भएका छन्।
यी प्रदेशमा सबै क्लस्टर मिलाएर उम्मेदवार टुंगाे लगाएकाे जनाइएकाे छ।












