बरहथवामा प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा भएपछि फेरि तनाव
लाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटवालको घरमा स्थानीयले ढुंगामुढा गरेका हुन्।-1704606683.jpg)
जनकपुरधाम, पुस २२ : सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको विषयमा आइतबार फेरि ढुंगामुढा भएको छ। इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटवालको घरमा स्थानीयले ढुंगामुढा गरेका हुन्। प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा फेरि तनाव उत्पन्न भएको हो।
तनाव सिर्जना भएपछि भोलि (सोमबार) बिहानसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ। प्रदर्शनकारीलाई लखेट्न ८ सेल अश्रुग्यास प्रहार गरिएको सर्लाही प्रहरीले जनाएको छ। प्रदर्शनका क्रममा गोली लागेर स्थानीय सर्लाही होटेल सञ्चालक तथा कुखुरा दानाका थोक बिक्रेता जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो ।
आफन्त र स्थानीय बासिन्दाले उनको शव उठाउन मानेका छैनन्। शव उठाउने विषयमा आन्दोलनरत तथा मृतक परिवार र जिल्ला प्रशासन कार्यालयबीच इलाका प्रहरी कार्यालयमा आज बिहानैदेखि छलफल भइरहेको थियो। छलफल भइरहेकै बेलामा प्रदर्शनकारीले ढुंगामुढा गरेका हुन्।
शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो। शनिबार पनि दिनभर कर्फ्यु जारी रहे पनिआज बिहान ८ बजेदेखि खुला गरिएको थियो ।












