Kathmandu Press

सभापति देउवा, नेता शेखर र गगनबीच धुमबाराहीमा छलफल

सभापति देउवाले कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापासँग धुमबाराहीमा छलफल गरिरहेका छन्।
सभापति देउवा, नेता शेखर र गगनबीच धुमबाराहीमा छलफल

काठमाडौं, पुस २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाकाे उम्मेदवार छान्न आन्तरिक छलफल सुरु गरेका छन्। 

सभापति देउवाले नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापासँग धुमबाराहीमा छलफल गरिरहेका छन्।

Hardik ivf

गठबन्धनबाट कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा दुई–दुई सिट पाएको छ भने कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसले एक–एक सिट लिएको छ।

राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुंगो लगाउन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक समेत डाकिएको छ।

बैठकअघि तीन नेताविच आन्तरिक छलफल भएको हो। सत्ता गठबन्धनमा कांग्रेसले कुल १० सिट पाएको छ। 
 

प्रकाशित मिति: १२:५७ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्