कांग्रेसले १०, माओेवादीले ६, नेकपा एसले २ र जसपाले १ सिट लिने सहमति
बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले कांग्रेसले १०, नेकपा माओेवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट पाउनेगरी सहमति भएको जानकारी दिए।
काठमाडौं, पुस २२ : सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँटमा लगभग सहमति जुटाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले राष्ट्रियसभाका निर्वाचनमा १९ सिटका लागि बाँडफाँटको टुङ्गो लगाएको हो।
बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले कांग्रेसले १०, नेकपा माओेवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट पाउनेगरी लगभग सहमति भएको जानकारी दिए।
लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र केही स्थानका लागि पनि छिट्टै टुंगो लाग्ने बताए। सिट बाँडफाँटमा सहमति भएसंगै दलहरुले आन्तरिक छलफल गरेर उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरेका छन्।
प्रकाशित मिति: १२:३७ बजे, आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












