Kathmandu Press

बरहथवामा गोली चलाउने हवल्दार जिल्ला तानिए

इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन्।
बरहथवामा गोली चलाउने हवल्दार जिल्ला तानिए

सर्लाही पुस २२ : सर्लाहीको बरहथवामा गोली चलाएको आरोप लागेका प्रहरी जिल्ला तानिएका छन्।

इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन्।

Hardik ivf

गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको मृत्यु भएको थियो। मृतक युवक सर्लाही होटेलका संचालक तथा कुखुरा दानाका होलसेव विक्रेता थिए।

सो घटनापछि बरहथवा तनावग्रस्त बनेको थियो। कर्फ्यू पनि लगाइएको थियो।

सो घटनाका छानवीन गर्न गृहमन्त्रालयले शनिबार साँझ ३ सदस्यीय समिति पनि गठन गरेको छ।

प्रकाशित मिति: ११:३० बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्