Kathmandu Press

राष्ट्रिय सभा निर्वाचन : आज मतदाताहरुको अन्तिम नामावली प्रकाशन 

निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत गरी नामावली समेत प्रकाशन गरेको थियो। पुस २० गते, शुक्रबार प्रकाशित नामावलीमा दाबी विरोधको उजुरी लिइ, उजुरीमाथि छानबिन गरेर आइतबार अन्तिम नामावली प्रकाशन गरिने भएको हो। 
राष्ट्रिय सभा निर्वाचन : आज मतदाताहरुको अन्तिम नामावली प्रकाशन 

काठमाडौ, पुस २२ : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (आइतबार) मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज अन्तिम मतदाता प्रकाशन हुन लागेको हो। 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। 

Hardik ivf

निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत गरी नामावली समेत प्रकाशन गरेको थियो। पुस २० गते, शुक्रबार प्रकाशित नामावलीमा दाबी विरोधको उजुरी लिइ, उजुरीमाथि छानबिन गरेर आइतबार अन्तिम नामावली प्रकाशन गरिने भएको हो। 

निर्वाचन आयोगले यसअघि स्वीकृत गरेको नामावलीअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल मतदाता संख्या २ हजार ४७ जना छन्। जसमध्ये प्रदेश सभा सदस्य ५४९ जना छन्। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४९८ जना छन्। 

प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको हो। यस्तै, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाइ कूल १ हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको थियो। 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ। प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ। प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको पदाधवधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनित बाहेक १९ जनाका लागि माघ ११ गते निर्वाचन हुँदैछ। पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुन लागेको हो। 

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन्।

प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्