सत्ता गठबन्धनमा राष्ट्रियसभाको भागबण्डा सहमति नजिक, कलस्टर मिलाउन बैठक बस्दै
यसको अन्तिम टुंगो आज बस्ने गठबन्धले लगाउने नेताहरूले बताएका छन् । सिट बाँडफाँटबारे छलफल गर्न शनिबार मध्यरातसम्म प्रधानमन्त्री बालुवाटारमा नेताहरुको बैठक बसेको थियो ।
काठमाडौं, पुस २२ : राष्ट्रिय सभाको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक पुगेको छ।
राष्ट्रिय सभाका १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने गरी छलफले सिट बाँडफाँड करिब टुंगिएको हो।
यसको अन्तिम टुंगो आज बस्ने गठबन्धले लगाउने नेताहरूले बताएका छन्। सिट बाँडफाँटबारे छलफल गर्न शनिबार मध्यरातसम्म प्रधानमन्त्री बालुवाटारमा नेताहरुको बैठक बसेको थियो।
बैठकले मोटामोटी रुपमा सहमति गरिसकेको नेताहरूले दाबी गरेका छन् । आज विहान बस्ने बैठकले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले पाएको सिटको क्लस्टर टुंगो लगाउने छ।
बैठकमा एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको थियो। उसले तीन सिटमा दाबी गरेको छ।
तर, आजको बैठकमा दुई सिटमै सहमति हुने नेताहरूको भनाइ छ। राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ। त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ।












