Kathmandu Press

प्रदेश व्यवस्थाको पुनःसंरचना गर्नुपर्छ : उपेन्द्र यादव

उनले संघीय प्रणालीले प्रादेशिक संघीय स्तरमा विविधतालाई सम्बोधन गर्न सहज हुने देखेर त्यसका विरोधी सक्रिय भएको बताए ।
प्रदेश व्यवस्थाको पुनःसंरचना गर्नुपर्छ : उपेन्द्र यादव

काठमाडौं, पुस २१ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको समावेशी मर्मअनुसार मुलुक अगाडि बढ्न नसकेकाले प्रदेश व्यवस्था पुनःसंरचना गर्नुपर्ने बताएका छन्।

संघीय गणतन्त्र र धर्म निरपेक्षताका विरोधीहरु मैदानमै उत्रेर लागिपरेको अवस्था भएकाले सजग हुनुपर्ने पनि बताएका छन्।

Hardik ivf

ललितपुरमा शनिबार आयोजित समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन कार्यक्रममा उनले संघीय प्रणालीले प्रादेशिक संघीय स्तरमा विविधतालाई सम्बोधन गर्न सहज हुने देखेर त्यसका विरोधी सक्रिय भएको बताए । सबैको पहुँचका लागि समावेशिता आवश्यक रहेको र यसका लागि संघीय प्रणालीको विकल्प नभएको जिकिर उनले गरे।  

‘राज्यको संरचनामा संघीयतामा जानुपर्ने कारण के हो भने विधितालाई एकात्मक शासन प्रणाली सम्बोधन गर्न सकेन। संघीय प्रणालीले प्रादेशिक संघीय स्तरमा विविधतालाई सम्बोधन गर्न सहज हुन्छ र दुनियाँका धेरै मुलुकहरुले त्यस्ता सम्बोधन गर्न सफल भएकाले संघीयता ल्याएका हौं,’ अध्यक्ष यादवले भने, ‘तर अहिले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्धमा मैदानमै उत्रेर लागेका छन्।’

उनले समावेशिताको हालत धमिराले भित्रभित्रै बाँसलाई खाएर कुहाएको जस्तो रहेको टिप्पणी गर। संघीय प्रणालीलाई पहिचानमा आधारित बनाउन प्रदेश खारेज गरी पुनः संरचना गर्नुपर्ने उनको भनाइ थियो।

 

प्रकाशित मिति: १८:४७ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्