Kathmandu Press

‘१२ वर्षभित्र २९ हजार मेगावाट राष्ट्रिय ग्रिडमा जोड्ने गरि काम भइरहेको छ’

शनिबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासङ्घको दोस्रो साधारणसभा उद्घाटन गर्दै मन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रमा अपेक्षित प्रगति देखिएको भन्दै आगामी १२ बर्षभित्र २९ हजार मेगावाट राष्ट्रिय ग्रीडमा जोड्ने गरि सरकारले काम गरिरहेको बताएका हुन्।
‘१२ वर्षभित्र २९ हजार मेगावाट राष्ट्रिय ग्रिडमा जोड्ने गरि काम भइरहेको छ’

काठमाडाैं, पुस २१ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षभित्र २९ हजार मेगावाट राष्ट्रिय ग्रीडमा जोड्ने गरि सरकारले काम गरिरहेको बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासङ्घको दोस्रो साधारणसभा उद्घाटन गर्दै मन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रमा अपेक्षित प्रगति देखिएको भन्दै आगामी १२ बर्षभित्र २९ हजार मेगावाट राष्ट्रिय ग्रीडमा जोड्ने गरि सरकारले काम गरिरहेको बताएका हुन्।

Hardik ivf

त्यसका लागि सवस्टेशन, प्रसारण लाइन लगाएतका पूर्वाधारमा सरकारको ध्यान केन्द्रित रहेको उहाले बताए। मन्त्री बस्नेतले विधुत उत्पादनसंगै खतपबृद्धि गर्न मन्त्रिपरिषदबाट कार्ययोजना समेत पारित भइसकेको जानकारी दिए।

पछिल्लो एक वर्षमा पाँच सय मेगावाट बिजुली थप भएको र आगामी तीन महिनामा पाँच सय मेगावाट विद्युत थपिने उनले बताए। उनले ७८ वर्षमा अढाई सय मेगावाटमात्रै उत्पादन भएपनि पछिल्लो १५ महिनामा एक हजार मेगावाट विधुत उत्पादन गर्न सफल भएको जिकिर गरे।

त्यस्तै मन्त्री बस्नेतले आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढाउन नकारात्मक सोच नभई उत्साहका साथ अघि बढ्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १७:४४ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्