Kathmandu Press

बरहथवा घटनाबारे छानबिन गर्न गृहले बनायाे तीन सदस्यीय समिति

समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएकाे छ।
बरहथवा घटनाबारे छानबिन गर्न गृहले बनायाे तीन सदस्यीय समिति

काठमाडौं, पुस २१ : गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु हुनेगरी भएकाे घटनाबारे छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शनिबार एक विज्ञप्ति जारी गरेर त्यस्ताे  जानकारी दिएकाे हाे। समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् ।

Hardik ivf

सर्लाहीको बरहथवा नगरपालिका-५ मा शुक्रबार मा प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीयले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा-६ का जयशंकर साहको मृत्यु भएको थियो।

गृह मन्त्रालयका प्रवक्ता भट्टराई मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएकाे छ।

Home-ministry-press-realese-1704540180.jpg

प्रकाशित मिति: १७:०९ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्