कुनै पनि देशको दूतावासबाट रकम दिने कुरा गलत : झलनाथ खनाल
शनिबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले कुनै पनि देशबाट अनुदान वा सहयोगमा रकम लिन सक्ने भए पनि दूतावासबाट रकम दिने कुरा देशको हितमा नरहेकाले सच्चाउनुपर्ने बताए।
काठमाडाैं, पुस २१ : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कुनै पनि देशको दूतावासबाट रकम दिने कुरा गलत भएकाले यसलाई सच्चाउनुपर्ने बताएका छन्।
शनिबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले कुनै पनि देशबाट अनुदान वा सहयोगमा रकम लिन सक्ने भए पनि दूतावासबाट रकम दिने कुरा देशको हितमा नरहेकाले सच्चाउनुपर्ने बताए।
भारतीय दूतावासलाई २० करोडका योजनाहरु नेपालभरि सोझै बाँड्न र लागू गर्न दिने गरि भएको सम्झौता राष्ट्रिय हित विरोधी भएको उनले बताउनुभयो। खनालले सरकारले योजना बनाएर देशको विकास गर्ने अधिकारलाई सुरक्षित राख्न सरकारले नसकेको तर्क गरे।
उनले भारतीय दूतावासले सिधै रकम दिदा दुरुपयोग हुन सक्ने धारणा राखे।
प्रकाशित मिति: १६:५९ बजे, शनिबार, पुस २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार