नेकपा एसबाट उम्मेदवार छनाेटकाे अधिकार अध्यक्ष नेपाल, उपाध्यक्ष पाण्डे र महासचिव भुसाललाई
उनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनसंग एमालेको सहकार्यको ढोका बन्द भएको र प्रतिपक्षी कै रुपमा बस्नुपर्ने बताए। राष्ट्रियसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ५ सिटमा अडान राखेको छ।
काठमाडाैं, पुस २१ : नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनको उम्मेदवारलगायत विषयमा निर्णय गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल लगायतलाई अधिकार दिएको छ।
पार्टी कार्यालय आलोकनगरमा शनिबार बसको नेकपा समाजवादीको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीले पाउने सिट संख्या, प्रदेश र क्लष्टरको निर्णय गर्ने अधिकार अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनसंग एमालेको सहकार्यको ढोका बन्द भएको र प्रतिपक्षी कै रुपमा बस्नुपर्ने बताए। राष्ट्रियसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ५ सिटमा अडान राखेको छ।
प्रकाशित मिति: १६:३८ बजे, शनिबार, पुस २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार