Kathmandu Press

सवारी चालक अनुमतिपत्र छपाइको काम छिटै अघि बढ्छ : यातायातमन्त्री ज्वाला

नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्वालाले छिटै ६ लाख कार्ड आउने टुङ्गो लागेकाले सवारी चालक अनुमतिपत्र छपाइको काम छिटै अघि बढ्ने बताएका हुन्।
सवारी चालक अनुमतिपत्र छपाइको काम छिटै अघि बढ्छ : यातायातमन्त्री ज्वाला

काठमाडाैं, पुस २१ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइको काम छिटै अघि बढ्ने बताएका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्वालाले छिटै ६ लाख कार्ड आउने टुङ्गो लागेकाले सवारी चालक अनुमतिपत्र छपाइको काम छिटै अघि बढ्ने बताएका हुन्।

Hardik ivf

कार्ड आएपछि दैनिक तीन हजार कार्ड छपाई हुने उgको भनाइ छ। त्यस्तै मन्त्री ज्वालाले १६ लाख कार्डका लागि टेन्डर गरिएको भन्दै तीन चार महिनामा टुङ्गो लाग्ने बताए। उgले मुलुकका सडकहरुलाई धुलोरहित बनाउने तयारी भइरहेको बताए।

सुरुङमार्ग, द्रुतमार्ग लगाएतका राजमार्गहरुको निर्माणको कामले तीव्रता पाएको र सरकारको हस्तक्षेपले नै सकारात्मक नजिता देखिन थालेको उgले दावी गरे। उनले समयमा नै काम नगर्नेहरुमाथि कारवाही गरि ठेक्का तोड्नेसम्मको काम भएको बताए।

उनले सार्वजनिक सवारीको बैज्ञानिक भाडादर लागू भएपनि तेलको मूल्यसंगमात्रै सम्बन्धीत देखिएकाले सवारीको पाटपूर्जाका आधारमा बैज्ञानिक भाडादर पुनरावलोकन गर्न लागेको धारणा राखे। मन्त्री ज्वालाले सवारी क्षेत्रको बीमाको समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १५:५६ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्