Kathmandu Press

'नेपाल र भारतबीच भएको सम्झौता मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण'

शनिबार काठमाडौंमा याक चौरी कृषक महासंघ, नेपालको केन्द्रीय कार्यालय उद्घाटन गर्दै मन्त्री किराँतीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी सम्झौताले मुलुकको आर्थिक सम्भावनाको ठूलो ढोका खुलेको बताएका हुन्।
'नेपाल र भारतबीच भएको सम्झौता मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण'

काठमाडाैं, पुस २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीच भएको सम्झौता मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको बताएका  छन्।

शनिबार काठमाडौंमा याक चौरी कृषक महासंघ, नेपालको केन्द्रीय कार्यालय उद्घाटन गर्दै मन्त्री किराँतीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी सम्झौताले मुलुकको आर्थिक सम्भावनाको ठूलो ढोका खुलेको बताएका हुन्।

Hardik ivf

उहाले राष्ट्रवादको नाम दिएर मुलुकको हितमा रहेका कुरालाई विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे। मन्त्री किराँतीले मुलुकमा जनताको जीवनस्तर उकास्न साना–साना व्यापार व्यवसायहरुलाई प्रोत्साहन गर्नुपर्ने भएकाले आफूले त्यसलाई महत्वका साथ स्थान दिएको बताए। 

उहाले कृषिलाई पर्यटनसंग जोड्न आफुले अधिकतम प्रयास गर्ने पनि बताए।

प्रकाशित मिति: १५:१४ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्