Kathmandu Press

मुलुक बर्वादीतिर गयो भन्ने गलत भाष्य निर्माण गरियो : मन्त्री बस्नेत 

मुलुक बर्वादीतिर गयो भन्ने गलत भाष्य निर्माण गरियो : मन्त्री बस्नेत 

काठमाडौं, पुस २१ : उर्जा तथा जलस्रोतमन्त्री शक्ति बहादुर बस्नेतले मुलुक बर्वादीतिर गयो भन्ने गलत भाष्य निर्माण भएको बताएका छन्। 
शनिबार काठमाडौंमा आयोजित उद्योग व्यापार महासंघको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता, सम्भावना, जनअपेक्षाअनुसार पर्याप्त काम नभएता पनि विगतको तुलनामा मुलुक प्रगतितिर अगाडि बढिरहेको दाबी गर्दै मुलुक बर्वादीतिर गयो भन्ने गलत भाष्य निर्माण भएको बताएका हुन्। 

‘आज मुलुकमा वर्वाद नै भइसक्यो। हिजोअस्ती सम्पूर्ण हिसाबले ठिकठाक थियो तर अहिले चौपट भइरहेको छ भन्ने एउटा भाष्य निर्माण भएको छ। अर्कातिर सबै ठिक छ भन्ने पनि सुन्छौं। तर हिजो भन्दा आज राम्रो भइरहेको छ। यद्यपी, मुलुकको आवश्यकता, सम्भावना र जनअपेक्षाको अनुपातमा हेर्दा त्यो अपर्याप्त छ,’ उनले भने। 

Hardik ivf

‘हामीले अझै पनि मेहनत गर्नुपर्ने छ। तथ्याङ्क वा तथ्यहरुले पनि त्यही भन्छ। तर हिजो र आजको जुन तुलना गरेर हेर्दैमा मुलुक बर्वादीतिर गयो भन्न मिल्दैन्। मुलुक प्रगतितिर नै अगाडि बढिरहेको छ। यसलाई अझ थप गति दिन आवश्यक छ,’मन्त्री बस्नेतले भने। 
मन्त्री बस्नेतले विगतमा बन्द भएका सटरहरु अब खुल्ने अवस्था निर्माण भइरहेको जिकिर गरे।  अर्थतन्त्रको सुधारका लागि गरेको मेहनतको प्रतिफलस्वरुप देशमा रेमिट्यान्स बढिरहेको उनको भनाई छ। 

‘अर्थतन्त्रमा सुधार ल्याउन निकै ठूलो मेहनत चाहिन्छ। त्यसको प्रतिफल स्वरुप देशमा रेमिट्यान्स बढिरहेको छ। अर्थतन्त्र चलायमान हुँदै गइरहेको छ। बैंकको ब्याजदर घटेको छ। सहकारी र लघुवित्तको समस्या सम्बोधन भइरहेको छ। निर्माण व्यवसायीको रोकिएको भुक्तानी पठाइसकेको छ। अब व्यवसायीहरु उत्साहपूर्वक अगाडि बढ्ने परिस्थिति निर्माण हुँदैछ,’बस्नेतले भने। 
 

प्रकाशित मिति: १४:१८ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्