Kathmandu Press

कांग्रेसको १३, माओवादीको ७, जसपा र नेकपा एसकाे ४/४ सिटमा दाबी

एमालेलाई पनि केही सिट दिने चर्चा चले पनि कुरा नमिलेपछि गठबन्धन दलभित्रै सिट बाँडफाँट हुन लागेको छ।  
कांग्रेसको १३, माओवादीको ७, जसपा र नेकपा एसकाे ४/४ सिटमा दाबी

काठमाडौं, पुस २१ : राष्ट्रियसभा निर्वाचन माघ ११ हुँदैछ। त्यसका लागि पर्सि सोमबार (पुस २३) उम्मेदवार मनोनयन गर्ने तालिका निर्वाचन आयोगले प्रकाशन गरेको छ।

मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धन दलहरुले सिट संख्यामा आआफ्नो दाबी अघि सारेका छन्। शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकमा कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसले राष्ट्रियसभा चुनाव हुने १९ सिटमा आफ्नो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका हुन्। 

Hardik ivf

एमालेलाई पनि केही सिट दिने चर्चा चले पनि कुरा नमिलेपछि गठबन्धन दलभित्रै सिट बाँडफाँट हुन लागेको छ।  स्रोतका अनुसार कांग्रेसले १३, माओवादी केन्द्रले ७, जसपाले र नेकपा एसले ४/४ सिटमा दाबी गरेका छन्। सिट बाँडफँट टुंगो लगाउन दिउँसो ४ बजे चार दल र ५ बजे सरकारमा सहभागी अन्य दलसहितको बैठक बस्ने बताइएको छ। राष्ट्रियसभामा एक मनोनीतसहित २० सांसदको समयावधि सकिँदैछ। त्यसकारण रिक्त हुने १९ सिटका लागि निर्वाचन हुन लागेको हो।

नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार राष्ट्रियसभामा अहिले अवधि सकिएका सदस्य संख्या, प्रदेशगत रुपमा दलहरुको मतभार आदिका आधारमा सिट संख्या तय हुनेछ।

प्रकाशित मिति: १४:०७ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्