Kathmandu Press

डा. गोविन्द केसीसहित सात प्रदर्शनकारी पक्राउ

शनिबार काठमाडौंको माइतीघरमा  सशस्त्र द्धन्द्वका पीडितलाई न्याय एवम सम्पूर्ण नेपालीहरुको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राखेर आन्दोलनमा उत्रिएका डा.केसीसहितका प्रदर्शनकारी पक्राउ परेको डा.केसी निकट संजिव कार्कीले जनाएका छन्।
डा. गोविन्द केसीसहित सात प्रदर्शनकारी पक्राउ

काठमाडौं, पुस २१ : चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आन्दोलन गर्दै आइरहेका डा.गोविन्द केसीसहित सात जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। 

शनिबार काठमाडौंको माइतीघरमा  सशस्त्र द्धन्द्वका पीडितलाई न्याय एवम सम्पूर्ण नेपालीहरुको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राखेर आन्दोलनमा उत्रिएका डा.केसीसहितका प्रदर्शनकारी पक्राउ परेको डा.केसी निकट संजिव कार्कीले जनाएका छन्।

Hardik ivf

शनिबार दिउँसो सुशासनका लागि अभियानले सरकारलाई दवावमुलुक कार्यक्रम आयोजना गरेको थियो। सोही अभियानमा सहभागी भएका डा.केसीसहित पुकार बम, शशीविक्रम कार्की लगायतका प्रदर्शनकारी पक्राउ परेका हुन्।

निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। 
 
प्रकाशित मिति: १२:४९ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्