Kathmandu Press

बरहथवा घट्नाको सत्यतथ्य छानविन गर्न कांग्रेसको माग

‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाईते भएकाहरुको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।
बरहथवा घट्नाको सत्यतथ्य छानविन गर्न कांग्रेसको माग

सर्लाही, पुस २१ : नेपाली कांग्रेसले सर्लाहीको बरहथवा नगपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको घटनामा ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले घट्नाको छानविन गर्न माग गरेको छ।

Hardik ivf

मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै घटनामा केही व्यक्ति घाइते भएको र त्यसपछि उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ।

‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाईते भएकाहरुको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन समेत कांग्रेसले आग्रह गरेको छ।

प्रकाशित मिति: ११:५९ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्