कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
काठमाडौं, पुस २१ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: ११:०९ बजे, शनिबार, पुस २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार