Kathmandu Press

नेकपा एसको सचिवालय बैठक बस्दै, राष्ट्रियसभाका उम्मेदवारको टुङ्गो लगाउने

आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न शुक्रबार लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरी आजका लागि बोलाइएको हो।
नेकपा एसको सचिवालय बैठक बस्दै, राष्ट्रियसभाका उम्मेदवारको टुङ्गो लगाउने

काठमाडौं, पुस २१ : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ।

आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न शुक्रबार लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरी आजका लागि बोलाइएको हो।

Hardik ivf

बिहान ११ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। खतिवडाका अनुसार, राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ।

विभिन्न जिल्ला तथा जनवर्गीय संगठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी संगठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिनेछ ।

प्रकाशित मिति: ११:०६ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्