राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धन छलफलमा
भागबन्डा मिलाउन गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटरमा बसिरहेको छ।
काठमाडौं, पुस २१ : राष्ट्रिय सभा निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।
भागबन्डा मिलाउन गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटरमा बसिरहेको छ।
बैठकमा कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका शीर्ष नेताहररु सहभागी भएका छन् ।
राष्ट्रिय सभा चुनावका लागि नेताहरूले यसअघि पनि निरन्तर छलफल गरिरहेका छन् । निर्वाचन नजिक आए पनि भागबन्डा भने मिलिसकेको छं ।
यसपटक राष्ट्रिय सभाको १९ सिटका लागि चुनाव हुँदैछ ।
प्रकाशित मिति: १०:५३ बजे, शनिबार, पुस २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












