Kathmandu Press

जलवायु परिवर्तनका असर घटाउन एकीकृत प्रयासमा जोड

‘सबै क्षेत्रले एकीकृत र समन्वयात्मक रूपमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्छ,’ उनले भनिन्।
जलवायु परिवर्तनका असर घटाउन एकीकृत प्रयासमा जोड

काठमाडौं, पुस २१ : सहरी विकासमन्त्री सीता गुरुङले जलवायु परिवर्तनको असर प्रत्येक व्यक्तिको घरआँगनमै पुगिसकेकाले यसमा सबै गम्भीर हुनुपर्ने बताएकी छिन्।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पुर्याएको उल्लेख गरिन्। ‘सबै क्षेत्रले एकीकृत र समन्वयात्मक रूपमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्छ,’ उनले भनिन्।

Hardik ivf

मन्त्री गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि जलवायुका ठूला असरको सामना गरिरहनुपरेको उल्लेख गर्दै जलवायुजन्य हानिनोक्सानी कोषबाट लाभ लिनका आवश्यक तथ्यांक र अध्ययन–अनुसन्धानमा जोड दिइन्।

कार्यक्रममा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले कोप–२८ मा नेपालले उठाएका मुद्दाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सफल भएको बताए।

ननले जलवायु वित्तबाट प्राप्त अनुदान  विभिन्न कानुनी प्रक्रियाका कारण सम्बन्धित शीर्षकमा खर्च हुन नसकेकोे चिन्ता व्यक्त गर्दै खर्च गर्न सक्ने कानुन र संयन्त्रको आवश्यकतामा जोड दिए।

 

प्रकाशित मिति: ०७:२६ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्