Kathmandu Press

राजकुमार नेपाली र मुना ठटालको ‘साठीमा चट्ट रमाउला’

गीतमा अमृत भारतीको शब्द र रामकुमार नेपालीको संगीत रहेको छ। काका भतिजको प्रस्तुती रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट आज शुक्रबार सार्वजनिक भएको हो।
राजकुमार नेपाली र मुना ठटालको ‘साठीमा चट्ट रमाउला’

काठमाडाैं, पुस २० : रामकुमार नेपाली र मुना ठटालको स्वरमा रहेको लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा अमृत भारतीको शब्द र रामकुमार नेपालीको संगीत रहेको छ। काका भतिजको प्रस्तुती रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट आज शुक्रबार सार्वजनिक भएको हो।

दिपेन्द्र कुमारले निर्देशन गरेको भिडियोमा रामचन्द्र अधिकारीसँगै कुमार भारती, विनोद बोलाखे, कविता पुनमगर, अभिलाषा कार्की, सागर घिमिरे र दिपक पराजुली फिचर्ड छन्।

प्रकाशित मिति: २०:४६ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्