Kathmandu Press

घरघरै खानेपानीका धारा पुगेपछि मुर्माबासीलाई सुविधा

यूएसयआईडी कर्णाली जल परियोजनाको ५१ लाख २१ हजार ६ सय ५४ रुपैयाँ, छायाँनाथ रारा नगरपालिकाको ३२ लाख २७ हजार २२ रुपैयाँ र समुदायको १३ लाख ६२ हजार गरी जम्मा ८६ लाख १० हजार ८ सयभन्दा बढी रकमबाट खानेपानी व्यवस्था गरिएको हो।
घरघरै खानेपानीका धारा पुगेपछि मुर्माबासीलाई सुविधा

मुगु, पुस २१ : पर्यटकीय केन्द्र राराको काखमा रहेको मुर्मा गाउँका बासिन्दा लामो समयदेखि नाउला खोलाको पानी खाँदै आएका थिए । तर अब भने घरघरै पुगेको पानी प्रयोग गर्न पाउँदा उनीहरु खुसी भएका छन्।

शुद्घ, सुरक्षित र सफा खानेपानी घरैमा आउन थालेपछि उनीहरुलाई सुबिस्ता भएको छ । धाराबाट आउने पानी खान प्रयोग गर्नुका साथै सरसफाई र तरकारी खेतीमा सिँचाई गर्न पनि सहज हुने भएको छ।

यूएसयआईडी कर्णाली जल परियोजनाको ५१ लाख २१ हजार ६ सय ५४ रुपैयाँ, छायाँनाथ रारा नगरपालिकाको ३२ लाख २७ हजार २२ रुपैयाँ र समुदायको १३ लाख ६२ हजार गरी जम्मा ८६ लाख १० हजार ८ सयभन्दा बढी रकमबाट खानेपानी व्यवस्था गरिएको हो।

Hardik ivf

५ हजार ७ सय मिटर टाढाबाट ल्याइएको पानी ७४ घरमा पुर्याइएको छ।

IMG_9851-1704466386.JPG

‘पहिले पानी भर्न डोप्कासम्म पुग्नुपर्थ्यो, रातभर पालो कुरेर बिताउनु पर्थ्यो तर अब घरैमा पानी आउँदा अर्को जुनी पाएजस्तो लागेको छ,’ मुमागाउँकी ६५ वर्षीया चौती रोकायाले भनिन्।

पहिले हिलो पानी, हिउँदको समयमा हिउँ पग्लाएर पानी खाने गरेका गाउँलेले अब घरैमा सहज रुपमा पानी उपलब्ध भएपछि सजिलो अनुभव गरिरहेको स्थानीय बालकृष्ण रोकायाले बताए।

मुर्मा गाउँको खानेपानी समस्यालाई मध्यनजर गर्दै छोटो समयमा यो आयोजना सम्पन्न गरिएको हिमाली ग्रामीण युवा समाज बिकास केन्द्र मुगुका कार्यकारी निर्देशक मीन रावलले बताए। मुर्मा खानेपानी आयोजना प्राविधिक अध्ययनपछि करिब ६ महिनाको समयमा आयोजना निर्माण गर्न सफल भएको उनले बताए।

सबैका सहयोगले गर्दा आज घरघरमा खानेपानीका धारा निर्माण गर्न सफल भएको र यो आयोजना नमुना बनेको कर्णाली जल परियोजनाका परियोजना प्रमुख सुनीलकुमार दासले बताए।

कर्णाली जल परियोजनासँग सहकार्य गरेर छायाँनाथ रारा नगरपालिकाको केही आर्थिक सहयोग र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र मुगुको सहजीकरणमा मुर्मा गाउँमा घरघर धारा निर्माण भएको छ।

 

प्रकाशित मिति: ०७:१० बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्