Kathmandu Press

ललितपुरको प्रजिअमा श्रेष्ठ र प्रहरी प्रमुखमा खनाल

मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाको प्रमुख रहेका सहसचिव श्रेष्ठलाई काजमा ललितपुरको प्रजिअ बनाएर पठाइएको हो भने खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।
ललितपुरको प्रजिअमा श्रेष्ठ र प्रहरी प्रमुखमा खनाल

काठमाडौं, पुस २० : गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ। गृहले जिल्ला प्रहरी कार्यालयको प्रमुखमा एसएसपी शेखर खनाललाई खटाएको छ।

मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाको प्रमुख रहेका सहसचिव श्रेष्ठलाई काजमा ललितपुरको प्रजिअ बनाएर पठाइएको हो भने खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।

Hardik ivf

दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनापछि ललितपुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहको जिम्मेवारी खोसिएको थियो।

करिब एक सातापछि गृहले रिक्त प्रजिअमा श्रेष्ठ र प्रहरी प्रमुखमा खनाललाई खटाएको हो। शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रशासन र प्रहरी प्रमुखमा श्रेष्ठ र खनाललाई जिम्मेवारी तोकेका हुन्।

प्रकाशित मिति: २०:३५ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्