Kathmandu Press

‘मुलुकको संकट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छ’

पूर्वप्रधानमन्त्री नेपालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले देशको वर्तमान संकट समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफू नेतृत्वको पार्टी भएको दाबी गरे।
‘मुलुकको संकट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छ’

काठमाडौं, पुस २० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको संकट समाधान गर्न राष्ट्रिय पार्टीको सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्ने बताएका छन्।

नेकपा एसको काठमाडौं महानगर कमिटीद्वारा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले देशको वर्तमान संकट समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफू नेतृत्वको पार्टी भएको दाबी गरे।

Hardik ivf

सो अवसरमा अध्यक्ष नेपालले बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीलाई त्यहाँका जनताका लागि संकलन गरिएको राहत सामग्री हस्तान्तरण गरे।

बझाङको पाथिभरा गाउँपालिका–१ को मटेला बगडेगाउँका दलित, महिला, एकल महिला र ओझा समुदायका लागि राहत सामग्री उपलब्ध गराइएको हो।

प्रकाशित मिति: १९:४७ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्