Kathmandu Press

‘जीतगढी किल्ला राष्ट्रिय स्वाभिमान र पहिचानको प्रतीक हो’

जीतगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा बिकास गर्न त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको उनले जनाए।
‘जीतगढी किल्ला राष्ट्रिय स्वाभिमान र पहिचानको प्रतीक हो’

रुपन्देही, पुस २० : राष्ट्रपति रामचन्द्र पौडेलले जीतगढी किल्ला राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल भएको बताएका छन् ।

ठूला साम्राज्यसँग नेपाली सौर्य र कुटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको रुपमा रहेको जीतगढी जितको निशानी भएको राष्ट्रपति पौडेलले बताए।

Hardik ivf

जीतगढी किल्ला नेपाली सेनाद्धारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रममा राष्ट्रपति पौडेलले जीतगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताए।

जीतगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा बिकास गर्न त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको उनले जनाए।

राष्ट्रपति पौडेलले सार्वभौम र स्वभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन वीर नेपाली सेनाले इतिहासमा देखाएको वीरता र सौर्यकै परिणाम भएको बताए।

प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्