Kathmandu Press

गगन थापाकाे प्रश्न- श्रमडेस्क किन हटाउनुपर्यो ?

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरर्गतको कानुन , न्याय तथा मानव अधिकार समितिमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरुको सुरक्षा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भएकाले त्यसको अभिन्न अङ्ग श्रमडेस्क हटाउने कुरा औचित्यपूर्ण नभएको बताएका हुन्। 
गगन थापाकाे प्रश्न- श्रमडेस्क किन हटाउनुपर्यो ?

काठमाडौं, पुस २० : नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले श्रमडेस्क हटाउने कुरा औचित्यपूर्ण नभएको बताएका छन्। 

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरर्गतको कानुन , न्याय तथा मानव अधिकार समितिमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरुको सुरक्षा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भएकाले त्यसको अभिन्न अङ्ग श्रमडेस्क हटाउने कुरा औचित्यपूर्ण नभएको बताएका हुन्। 

Hardik ivf

उनले भने,‘हामीले श्रम आप्रवास नीति राम्रोसँग बनाएका छैनौं। हाम्रा मान्छे बाहिर जान्छन्। हामी चाहेर पनि स्वदेशमा धान्न सक्दैनौं र जाने मानिसको सुरक्षा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो। त्यसको अभिन्न अंग श्रमडेस्क हो। त्यसैले श्रमडेस्क अनलाइनबाट हटाउने भन्ने कुरा औचित्यपूर्ण  हुँदैन्। बरु श्रम डेस्कलाई कसरी प्रभावकारी बनाउने छलफल गरौं।’

उनले अनलाइन सञ्चारमाध्यमको व्यवस्थापन गर्न छुट्टै छाता ऐनको आवश्यक पर्ने बताए। कानुन ल्याउन ढिलाई गर्ने र कतिपय कानुन ल्याउँदा नियत ठिक नराखी काम चलाउको बाटो रोजेको बताए। अनलाइन संचारमाध्यमहरुलाई व्यवस्थित गर्नुपर्ने औंल्याउँदै थापाले सम्पूर्ण सञ्चारमाध्यका लागि छाता ऐन ल्याउनुपर्ने बताए। 
 
प्रकाशित मिति: १७:४९ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्