Kathmandu Press

सर्लाहीकाे बरहथवामा कर्फ्यु

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिमकार्फ्यु आज बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्‍म आदेश जारी गरिएको हो।
सर्लाहीकाे बरहथवामा कर्फ्यु

सर्लाही, पुस २० : सर्लाहीको बरहथवामा आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यु आदेश जारी गरेको छ।

बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिमकार्फ्यु आज बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्‍म आदेश जारी गरिएको हो। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यु लगाएको बताएका हुन्।

Hardik ivf

कर्फ्यु लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न पाउनेछैनन्।

यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानुन बमोजिम कारबाही समेत गर्न सक्ने जनाइएको छ।

बरहथवा-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएकाे प्रदर्शनमा प्रहरीले धरपकड गरेकाे थयाे। आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गरेका थिए। त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो।

प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्