स्वास्थ्य मन्त्रालयको बजेट कटौती गरिएकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न नसकिएको मन्त्री बस्नेतकाे गुनासो
शुक्रबार विराटनगरमा नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्दै मन्त्री बस्नेतले उपलव्ध स्रोत साधानका बाबजुत पनि स्वास्थ्य क्षेत्रको सुधारका काम गरिरहेको बताए।
काठमाडाैं, पुस २० : स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको बजेट कटौती गरिएकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न नसकिएको गुनासो गरेका छन्।
शुक्रबार विराटनगरमा नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्दै मन्त्री बस्नेतले उपलव्ध स्रोत साधानका बाबजुत पनि स्वास्थ्य क्षेत्रको सुधारका काम गरिरहेको बताए। स्थानीय तहहरुले १० प्रतिशत मात्र बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्याएमा जनतालाई स्वास्थ्य सेवा दिन सहज हुने उनले बताए।
उनले तीन तहको सरकारले स्वास्थ्य संस्था चलाउने प्रावधानका कारण स्वास्थ्य क्षेत्रमा अन्यौल देखिएको तर्क गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरुले प्रत्येक पालिकामा बनाउने भनिएको अस्पताल बजेट अभावमा अझै निर्माण हुन नसकेको र पर्याप्त जनशक्ति समेत नभएको गुनासो गरेका छन्।












