Kathmandu Press

भारतसँग भएको सम्झौताका बारेमा प्रधानमन्त्रीसँग कानुन समितिले जानकारी लिने

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सहमति र सम्झौताका बिषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको हो।
भारतसँग भएको सम्झौताका बारेमा प्रधानमन्त्रीसँग कानुन समितिले जानकारी लिने

काठमाडाैं, पुस २० :  प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले भारतसँग भएको सम्झौताका बारेमा प्रधानमन्त्रीसंग जानकारी लिने निर्णय गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सहमति र सम्झौताका बिषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको हो।

Hardik ivf

बैठकमा केही समिति सदस्यहरुले नेपाल र भारतबीच भएका केहि सम्झौता मुलुकको हित विपरीत हुन सक्ने भएकाले सरकारसंग जानकारी माग गर्नुपर्ने धारणा राखेका थिए। सांसदहरुको माग पछि समिति सभापति बिमला सुवेदीले सम्झौताका विषय समितिको पनि क्षेत्राधिकार भएकाले यस बिषयमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको बताए।

बैठकमा समिति सदस्य महेश बर्तौलाले नेपाल र भारतकाबीच भएको सम्झौतामाथि विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको बताए। उनले समानान्तर सरकारको अभ्यास गर्ने गरि भारतलाई अधिकार दिएको भन्ने कुरा पनि आएकाले सम्झौताका बारेमा प्रधानमन्त्रीले समितिमा जानकारी गराउन माग गरे।

त्यस्तै समिति सदस्य सन्तोष परियारले अन्तराष्ट्रिय सहमति सम्झौता समितिको कार्यक्षेत्रभित्र पर्ने भएकाले भारतसँग भएका सहमतिबारे जानकारी लिनुपर्ने बताए। उनले सरकारले राज्यलाई लामो समयसम्म असर पर्ने कुनै पनि सन्धि–सम्झौता गर्न नहुने उल्लेख गरे। अन्य समिति सदस्यहरुले पनि भारतसँग भएको सहमतिका बारेमा सरकारले समितिमा आएर प्रस्ट पार्नुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्