Kathmandu Press

एकीकृत समाजवादी सचिवालय बैठक स्थगन

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनाेट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिने छ। 
एकीकृत समाजवादी सचिवालय बैठक स्थगन
Hardik ivf

काठमाडौं, पुस २० : नेकपा एकीकृत समाजवादीको आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनाेट गर्न आज बस्ने बैठक स्थगन भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठकको तयारी नपुगेकाले सचिवालय बैठक भोलि बस्ने गरी स्थगित गरिएको हो। 

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनाेट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिने छ। 

राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ।

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्