पाँच बुँदे सहमतिपछि खाेलियाे वीर अस्पतालमा लगाइएकाे ताला
अतिरिक्त सेवाबापतको पारिश्रमिक नपाएको भन्दै विरोधमा उत्रेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का कर्मचारीले गत पुस १३ गतेदेखि ताला लगाएका थिए। आठ कर्मचारी संगठनका प्रतिनिधि, न्याम्सका रजिष्ट्रार तथा वीरका निर्देशकविच पाँचबुँदे सहमति भएको हो।
काठमाडौं, पुस २० : वीर अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच पाँचबुँदे सहमति भएपछि प्रशासन प्रमुख र लेखा प्रमुखको कार्यकक्षमा एक सातादेखि लागेको ताला शुक्रबार खोलिएको छ।
अतिरिक्त सेवाबापतको पारिश्रमिक नपाएको भन्दै विरोधमा उत्रेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का कर्मचारीले गत पुस १३ गतेदेखि ताला लगाएका थिए। आठ कर्मचारी संगठनका प्रतिनिधि, न्याम्सका रजिष्ट्रार तथा वीरका निर्देशकविच पाँचबुँदे सहमति भएको हो।
सहमति अनुसार कर्मचारीको सेवा विस्तार भत्ता किस्ता किस्ता गरी चैत मसान्तसम्म अस्पतालले भुक्तानी गरिसक्ने, आगामी वैशाखबाट भत्ता तलबसँगै नियमित भुक्तानी, कोभिडकालका आठ महिनाको भत्ता समेत यसअघिको सहमतिअुनसार हुने बिषय समेटिएका छन्।
यस्तै सहमतिमा वीर अस्पताल ट्रेड युनियनले राखेका विभिन्न मागका सम्बन्धमा पनि आवश्यक छलफल गरी सम्बोधन गरिने भनिएको छ।