Kathmandu Press

पिपिए गर्न नआएका प्रवर्द्धकलाई रोलक्रमबाट हटाइयो

तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न भएकाले पिपिएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ। आवश्यक कागजात नबुझाएका ती आयोजना अधिकांश नदी प्रवाही प्रकृतिका छन्।
पिपिए गर्न नआएका प्रवर्द्धकलाई रोलक्रमबाट हटाइयो

काठमाडौं, पुस २० : नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ।

तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न भएकाले पिपिएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ। आवश्यक कागजात नबुझाएका ती आयोजना अधिकांश नदी प्रवाही प्रकृतिका छन्।

Hardik ivf

विद्युत् व्यापार विभागका अनुसार ती आयोजनाको कूल क्षमता दुई सय १५ मेगावाट छ। प्राधिकरणले माथिल्लो त्रिशूली दोस्रो, एक सय दुई मेगावाट, चमेलिया छटिगाड ८५ मेगावाटलगायत आयोजना छन्। ती आयोजनाको प्रवर्द्धकलाई रोलक्रमबाट हटाएपछि प्राधिकरणले छवटा आयोजनाका प्रवर्द्धकलाई पिपिए प्रक्रियामा आउन आग्रह गरिएको छ।

ती आयोजनाको क्षमता दुई सय २८ मेगावाट बराबर छ। प्राधिकरणले आगामी १५ दिनभित्र प्राधिकरणका सम्पर्क राख्न सूचित गरेको छ। प्राधिकरणको २०७९ साल माघ २६ को नौ सय ३०औँ बैठकले नदी प्रवाही आयोजनाको अधिकतम सीमा छ हजार सात सय ५० मेगावाट नपुगेसम्म ग्रीड ‘कनेक्सन एग्रिमेन्ट’को रोलक्रमका आधारमा पिपिए गर्ने क्रममा रहेका आयोजनालाई प्राथमिकता दिने निर्णय गरेको थियो।

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्