Kathmandu Press

प्रधानमन्त्रीको राजीनामा माग गर्दै नेविसंघकाे प्रदर्शन

सरकार काण्डैकाण्डमा फसेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ शुक्रबार सिंहदरबादेखि वालुवाटारसम्म मार्पपास गरेको हो।
प्रधानमन्त्रीको राजीनामा माग गर्दै नेविसंघकाे प्रदर्शन

काठमाडौं, पुस २० :  कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

सरकार काण्डैकाण्डमा फसेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ शुक्रबार सिंहदरबादेखि वालुवाटारसम्म मार्पपास गरेको हो।

Hardik ivf

उनीहरुले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले राज्य आतंक फैलाएको आरोप लगाएका छन्। उनीहरुले बालकुमारी घटनामा सरकारकै कारण दुई युवाहरुको मृत्यु भएको भन्दै सरकार बिरुद्ध नारावाजी गरेका थिए।

प्रदर्शनमा सहभागीहरुले युवालाई छातीमा गोली होइन रोजगार दे, काण्डै काण्डका नाइके र भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड सरकार राजीनामा दे लेखिएका व्यानर प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्