Kathmandu Press

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

प्रतिलिपि अधिकारको उल्लंघन र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि भट्टलाई प्रहरीले पक्राउ गरेको हो।
टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं, पुस २० : राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। भट्ट बिहीबार राति पक्राउ परेका हुन्।

प्रतिलिपि अधिकारको उल्लंघन र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि भट्टलाई प्रहरीले पक्राउ गरेको हो।

Hardik ivf

सुरूमा पार्टनर रहेका व्यक्तिले उनीविरूद्ध जाहेरी दिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध टुटलमा सुरुमा लगानी गर्दा दुई जनाले गरेको तर पछि भट्ट एक्लैले लिएको भन्दै उजुरी परेको बताइएको छ।

टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले राखेको आरोपमा उजुरीपछि भट्ट पक्राउ परेका हुन्।

राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएका थियो।

 

प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्