Kathmandu Press

स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर

बिहीबार बिहान नेपाल आएका जशंकरलायृ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाइ गरे।
स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं, पुस २० : दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्।

बिहीबार बिहान नेपाल आएका जशंकरलायृ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाइ गरे।

Hardik ivf

बिहीबार नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा काठमाडौं आइपुगेका उनले विहीबार नै उच्चस्तरीय  भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको थियो।

जयशंकरले आज शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगै रुद्राक्षको वृक्षारोपण समेत गरेका थिए।  

नेपालका मन्त्रीहरु तथा भारतका विदेशमन्त्रीको उपस्थितिमा दीर्घकालीन विद्युत व्यापार सम्झौता, उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन, नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएका छन् । त्यस्तै, स्याटेलाइट सम्बन्धी सम्झौता, जाजरकोट भूकम्पमा पाँचौं किस्ताको सहयोग हस्तान्तरण गर्ने सहमति समेत भएको छ।  

 

प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्