Kathmandu Press

‘२० करोड रूपैयाँसम्मका परियोजनामा भारत एक्लैले निर्णय गर्न सक्दैन’

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले बीस करोडसम्मका परियोजनामा भारत एक्लैले निर्णय नगर्ने भन्दै यसमा नेपालको पनि निर्णय र साझेदारी रहने स्पष्ट पारे।
‘२० करोड रूपैयाँसम्मका परियोजनामा भारत एक्लैले निर्णय गर्न सक्दैन’

काठमाडौं, पुस २० :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० करोड रूपैयाँसम्मका परियोजनामा भारत एक्लैले निर्णय गर्न नसक्ने बताएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले बीस करोडसम्मका परियोजनामा भारत एक्लैले निर्णय नगर्ने भन्दै यसमा नेपालको पनि निर्णय र साझेदारी रहने स्पष्ट पारे। बिहीबार नेपाल र भारतबीच भारतीय दूतावासलेसमुदायस्तरमा सोझै एउटै परियोजनामा २० करोडसम्म लगानी गर्न सक्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

Hardik ivf

त्यस्तै उनले विद्युत् व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा रहेको र नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको जिकिर गरे। भारतसँग भएका सम्झौताको कार्यान्वयन पनि नेपालको राष्ट्रिय हितअनुरूप नै हुने उनले बताए। प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्रीले चिनियाँ प्रतिनिधिको नेपाल भ्रमणबारे चासो राखेको भन्ने कुरा भ्रम प्रचार मात्रै भएको र त्यसबारेमा कुनै कुराकानी नभएको जिकिर गरे।

बैठकमा समिति सदस्य रघुजी पन्तले बीस करोडसम्मका परियोजनामा भारत एक्लैले निर्णयले बैदेशिक हस्तक्षेप निम्त्याउन सक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाले उक्त सम्झौतामा पुनविचार गर्नुपर्ने धारणा राखे।

त्यस्तै बैठकमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक नियुक्तिमा विगतमा देखिएका बेथिति र समस्या निवारण गर्न संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक ल्याइएको बताए। 

प्रकाशित मिति: १३:३६ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्