ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने
ओलीलाई भेट्न लामिछाने बालकोट पुगेका थिए।
काठमाडौं, पुस २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविच बालकोटमा भेटवार्ता भएको छ।
एमाले अध्यक्ष ओलीलाई भेट्न रास्वपा अध्यक्षा लामिछाने बालकोट पुगेका थिए। भेटघाटको विषय खुलेको छैन।
राष्ट्रियसभाको निर्वाचन नजिकिँदै गर्दा मुलुकको राजनीति तातिएको बेला एमालेले भाग खोज्नु र अध्यक्ष ओलीले राजनीतिक भेटघाट थाल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
राष्ट्रियसभाका राष्ट्रपतिबाट मनोनीत एकसहित २० सिट रिक्त हुँदैछ। जसमा एमालेका नौ सिट छन्।
प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












