राष्ट्रपति पौडेल तनहुँमा
राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरेका थिए।
तनहुँ, पुस २० : राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन्।
भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल तनहुँ आएका हुन्।
राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरेका थिए। राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि यहाँ आएका थिए।
प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












