एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, के छन् एजेन्डा ?
दिउँसो १ बजे बैठक बस्ने तय भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बैठकका दुईवटा एजेन्डा छन् ।
काठमाडौं, पुस २० : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ ।
दिउँसो १ बजे बैठक बस्ने तय भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बैठकका दुईवटा एजेन्डा छन् ।
विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उमेदवारका विषयमा छलफल हुनेछ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी मनोनयन हुँदै छ । त्यसका लागि दलहरू छलफलमा जुटिरहेका छन् ।
प्रकाशित मिति: ०७:५४ बजे, शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार