कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २०८० पौष २१ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्नेगरी बैठक बोलाएको हो।
काठमाडौं, पुस १९ : नेपाली कांग्रेसले पुस ११ गतेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टीका मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार २०८० पौष २१ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्नेगरी बैठक बोलाएको हो।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। यसअघि कांग्रेसले पुस १२ गतेदेखि पुस १४ गतेसम्म केन्द्रीय समिति बैठक डाकेको थियो।
प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












