Kathmandu Press

कोरोनाकालमा अनुदानमा आएका उपकरण प्रयोगमा आएनन्

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले कोरोना भाइरसका बिरामी नभएकाले ती स्वास्थ्यका उपकरण थन्किएको बताए।
कोरोनाकालमा अनुदानमा आएका उपकरण प्रयोगमा आएनन्

काठमाडौं, पुस १९ : कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन्। 

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले कोरोना भाइरसका बिरामी नभएकाले ती स्वास्थ्यका उपकरण थन्किएको बताए। 'अहिले कोरोना भाइरसको सङ्क्रमण छैन। त्यतिबेला दातृ निकायले नेपालका लागि कोरोना भाइरसको रोकथाम र उपचारका लागि स्वास्थ्यका उपचरण दिएका थिए,' उनले भने, 'अहिले बिरामी नभएर र भौतिक संरचनाको नभएकाले उपकरण त्यत्तिकै थन्किएका छन्।'

Hardik ivf

उनका अनुसार कोरोना महामारीका बेला कतिपय उपकरणले दातृ निकायले माग नै नगरिकन उपलब्ध गराएका थिए। महाशाखाको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार दुई सय १८ वटा स्वास्थ्य उपकरण प्रयोगविहीन रहेको बताए। 

उनका अनुसार अनुदानमा प्राप्त ९१ भेन्टिलेटर, ४६ वटा पोर्टेबल भेन्टिलेटर, १३ सघन उपचार कक्ष (आइसियु), ५७ वटा न्यूटल टु एडल्ट भेन्टिलेटर र ११ वटा एनेशथेसिया वर्कस्टेसन प्रयोग नै नभई थन्किएका छन्। कोरोना महामारीका बेला विभिन्न दातृ निकायले एक हजार चार सय ४५ स्वास्थ्यका उपकरण उपलब्ध गराएका थिए। 

महाशाखाका निर्देशक डा शर्माले कोरोनाका बेला ती उपकरणको अत्यधिक माग रहेको र अहिले ती उपकरण भौतिक संरचनाको अभावले जडान नगरिएको बताए। प्रयोग नै नभई थन्किएका उपकरणलाई अयन्त्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ। 

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्