नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न
होटल याक एन्ड यतीमा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बैठक बसेको थियाे।
काठमाडौं, पुस १९ : नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ।
होटल याक एन्ड यतीमा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बैठक बसेको थियाे।
संयुक्त आयोगको बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायत विषयगत क्षेत्रहरुअन्तर्गत नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए।
द्विपक्षीय भेटवार्तामा विभिन्न विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल-भारत सम्बन्ध बारे छलफल भएको उनले बताए। बैठक सुरू हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो।
सिंहदरबारमा ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका ऊर्जासचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए।












