Kathmandu Press

सन्दीप लामिछानेबारे पुस २५ गतेपछि मात्र औपचारिक निर्णय : क्यान

बिहीबार काठमाडौंमा क्यानद्वारा आयोजित सन् २०२४ को वार्षीक क्यालेन्डर सार्वजनिक कार्यक्रममा क्यानका सचिव पारस खड्काले सन्दीपको सजाय निर्धारण भएपछि मात्र उनको भविश्यलाई लिएर औपचारिक निर्णय लिने जानकारी दिएका हुन्। 
सन्दीप लामिछानेबारे पुस २५ गतेपछि मात्र औपचारिक निर्णय : क्यान

काठमाडौं, पुस १९ : नेपाल क्रिकेट संघ (क्यान) ले पुस २५ गते सजाय निर्धारण भएपछि मात्र सन्दीप लामिछानेबारे आफ्नो औपचारिक निर्णय गर्ने भएको छ।

बिहीबार काठमाडौंमा क्यानद्वारा आयोजित सन् २०२४ को वार्षीक क्यालेन्डर सार्वजनिक कार्यक्रममा क्यानका सचिव पारस खड्काले सन्दीपको सजाय निर्धारण भएपछि मात्र उनको भविश्यलाई लिएर औपचारिक निर्णय लिने जानकारी दिएका हुन्। 

Hardik ivf

उनले भने,‘हामीले कानुनी परामर्श गरेका थियौं। सन्दीपजीका कानुन व्यवसायीसँग कुराकानी गर्दा क्यानले अहिले आधिकारिक वक्तब्य निकाल्नुभन्दा पहिला पुस २५ गतेसम्म कुरौं भन्ने सल्लाह भयो। अध्यक्ष ज्यूसँग पनि त्यही सल्लाह भएको छ। त्यसैले पुस २५ पछि मात्र सन्दिपजीको भविश्यलाई लिएर संघले निर्णय गर्छ।’

काठमाडौं जिल्ला अदालतले पुस २५ गते मात्र सन्दीपमाथि हुने कैद सजायबारे जानकारी दिंदैछ। 
 
प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्