Kathmandu Press

राष्ट्रिय सभा निर्वाचनका निर्वाचन अधिकृतहरु परिवर्तन

जिल्ला अदालतका केही न्यायाधीशहरु उच्च अदालतमा नियुक्त भएपछि आयोगले अधिकृतहरु परिवर्तन गरेको हो।
राष्ट्रिय सभा निर्वाचनका निर्वाचन अधिकृतहरु परिवर्तन

काठमाडौं, पुस १९ : निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरु परिवर्तन गरेको छ। जिल्ला अदालतका केही न्यायाधीशहरु उच्च अदालतमा नियुक्त भएपछि आयोगले अधिकृतहरु परिवर्तन गरेको हो।

जस अनुसार कोशी प्रदेशमा विष्णु प्रसाद गौतम, मधेस प्रदेशमा चित्रबहादुर गुरुङ, बागमती प्रदेशमा श्रीप्रसाद सञ्जेल, गण्डकी प्रदेशमा ऋषिराज आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशमा मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशमा विष्णु प्रसाद अवस्थी नियुक्त गरिएको आयोगका सह सचिव एवम प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए।

Hardik ivf

यसअघि कोशी प्रदेशमा दुर्गा प्रसाद ढुङ्गेल, मधेश प्रदेशमा नारायण प्रसाद सुवेदी, गण्डकी प्रदेशमा केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशमा कृपासुर कार्की, कर्णाली प्रदेशमा विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओम प्रसाद अर्याल नियुक्त भएका थिए।

तर न्याय परिषद्को पुस १८ गतेको निर्णयबाट उनीहरु उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएपछि अधिकृत परिवर्तन गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

जगेडा सूचीमा रहेका जिल्ला न्यायाधीशहरुलाई राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको पौडेलले विहीबार विज्ञप्तिमार्फत जानकारी दिएका छन्। 
 

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्