Kathmandu Press

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सुरु

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सुरु

काठमाडौं, पुस १९ :  नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक होटल याक एन्ड यतीमा सुरु भएको छ। बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने बताइएको छ।

बैठकमा ऊर्जा सहकार्य, सीमा समस्या, प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन, सन् १९५० को सन्धि पुनरावलोकनलगायत विषयमा छलफल हुने बताइएको छ। बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हुन्। 

Hardik ivf

बैठक सकिएपछि १३२ केभिएका तीनवटा प्रसारण लाइनको दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। तीनवटा प्रसारण लाइन रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र नौतनवा–मैनाहिया प्रसारण लाइन हुन्।

यसअघि ऊर्जा मन्त्रालयमा दुई देशका ऊर्जा सचिवले दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गरे। भारतको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालको ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन्। संयुक्त आयोगको बैठकपछि पत्रकार सम्मेलन गरेर सम्झौताबारे सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्