गजुरेलको राजीनामा स्वीकृत
प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागु हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेका हुन्।
काठमाडौं, पुस १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत भएको छ।
प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागु हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेका हुन्। गजुरेलले नियुक्त भएको १० महिनापछि गत मंसिर २० गते राजीनामा दिएका थिए।
केही दिन गुपचुप रहे पनि केही दिनमा हल्ला चल्दा सरकारको काम कारबाहीसँग नीतिगत रूपमा असहमति रहेका कारण आफूले राजीनामा दिएको गजुरेलले बताएका थिए।
प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












